प्यूठान : आर्थिक वर्ष २०७७÷०७८ को लेखापरिक्षणमा बेरुजु शुन्य बनाउन योगदान पु¥याएको भन्दै मल्लरानी गाउँपालिका प्यूठानले प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा र लेखा अधिकृत कमानसिँह केसीलाई सम्मान गरेको छ । गाउँपालिकाले विहिवार एक कार्यक्रमको आयोजना गरी थापा र केसीलाई प्रशंसापत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो । राष्ट्रिय स्तरमा गाउँपालिकाको पहिचान सहित शुसासन र पारदर्शितामा कर्मचारीहरुको विशेष योगदान रहेको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले सम्मान कार्यक्रममा बताए ।
शुसासन र पारदर्शिताको सवालमा गाउँपालिकाले कुनै कसुर बाँकी नराखेर सेवा प्रवाह गर्ने गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले प्रतिवद्धता सुनाए । महालेखाको परिक्षणमा गाउँपालिकाको शून्य बेरुजु आएपछि सवैमा उत्साह जागेको कर्मचारी एवं जनप्रतिनिधीहरुले सुनाएका छन् ।