प्यूठान : स्वर्गद्धारी नगरपालिका भिंगृ प्यूठानले पनि विभिन्न पदमा कार्यरत ३४ जना करारका कर्मचारीहरुलाई निकालेको छ । साउन १ गतेदेखि उनीहरुलाई हाजिर नगराउनु भन्दै नगरप्रमुख टेक प्रसाद भण्डारीले प्रमुख प्रशासकीय अधिकृतलाई लिखित जानकारी गराएका छन् ।
कृषि, स्वास्थ्य, प्राविधिक शाखा, रोजगार लगाएत क्षेत्रका कार्यररत कर्मचारीहरुलाई नगरपालिकाले म्याद थप गरेको छैन् । असार ३२ गते बसेको कार्यपालिका बैठकले कर्मचारीहरुको सेवा अवधि थप नगर्ने निर्णय भएको नगरप्रमुख भण्डारीले बताएका छन् । कर्मचारीहरुलाई आफूसँग भएको नगद तथा जिन्सी सामग्रीहरु कार्यालयमा बुझाउन् भनिएको छ ।
यसअघि माण्डवी गाउँपालिकाले पनि करारमा कार्यरत २१ जना कर्मचारीहरुलाई निकालेको छ । प्यूठानका नौ स्थानीय तहमध्ये दुई पालिकाले करारका कर्मचारीहरुलाई हटाएको हो ।