बुटवल : प्यूठानको झिमरुक गाउँपालिकाले लुम्विनी प्रदेश सरकारसँग विकास निर्माणका विभिन्न योजनाहरु माग गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम तथा बजेटमा गाउँपालिकाका धेरै योजनाहरु छुटेकाले अब गरिने योजना छनौटमा झिमरुकका योजनालाई प्राथमिकतामा राख्न माग गरिएको हो ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत शुभास रिजाल र वडा नम्वर ५ का अध्यक्ष दधिराम पोखरेल सहितको टोलीले प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्कालाई माग पत्र बुझाएका हुन् । योजनामा सडक, सिंचाई, विद्यालयको भवन निर्माण, खेलकुद मैदान, पार्क निर्माण, सिँढी, मन्दिर निर्माण, तटबन्ध, पक्की पुल र कृषि उपज संकलन केन्द्र निर्माण लगाएतका योजना माग गरिएको अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिए ।
.jpg)
‘मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटको अवस्था हेरेर माग गरिएका योजनाहरुको सम्वोधन गरिने आश्वासन दिनुभएको छ’,उनले भने,‘झिमरुकको समृद्धिका लागि प्रदेश सहित संघीय सरकारसँग पनि योजना माग गर्दैछौँ ।’ प्रदेश र संघीय सरकारले गाउँपालिकामा विनियोजन गर्ने नियमित बजेटले मात्र पालिकाको सपना पुरा नहुने भएकाले थप बजेटका लागि पहल गर्नैपर्ने उनको भनाई छ ।