महालेखा परिक्षकको कार्यालयले साठीऔँ वार्षिक प्रतिवेदन २०७९ चैत्र ३०गते सार्वजनिक गरेको छ। ७५३ स्थानीय तहहरुमध्ये मल्लरानी गाउँपालिका र सरुमारानीगाउँपालिका प्यूठानको लगातार दुइ आ.व. को वेरुजु शुन्य कायम भएको छ । मल्लरानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा करिव २९ महिना काम गर्दै गर्दा लगातार दुइ आर्थिक वर्ष (२०७७/७८ र २०७८/२०७९)मा वेरुजु शुन्य कायम भएकोअनुभव साट्ने प्रयत्न गरिएको छ ।
हुन त वेरुजु शुन्यको कुरा त्यति ठूलो र महत्वपूर्ण नलाग्न सक्दछ तर महालेखा परिक्षकको कार्यालयको पछिल्ला प्रतिवेदनहरु अध्ययन गर्दा स्थानीय तहहरुले आर्थिक अनुशासन पालना नगरेको र वेरुजुको रकम वढ्दै गइरहेको देखाउछन। यसै परिप्रेक्षमा मैले मल्लरानी गाँउपालिकामा गरेको कामको अनुभव जसले लगातार रुपमा वेरुजु शुन्य कायम भयो सोको अनुभव राखेको छु ।
- जनप्रतिनिधि र कर्मचारीको सम्बन्धः मेरो अनुभवमा पालिका प्रमुखको प्रमुख सल्लाहकार सोही पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत हो किनकी हामीहरुले काम गर्ने भनेको प्रचलित कानून अनुसार हो सो सम्बन्धमा पालिका प्रमुखले कुन काम कानूनले गर्न मिल्छ कुन मिल्दैन भन्ने द्विविधा परेमा सल्लाह सुझाव लिन सक्ने/लिने र प्रमुख प्रशासकीय अधिकृतले नि:स्वार्थ रुपमा प्रचलित कानूनमा भएको कुरा स्पष्ट राखिदिनु पर्दछ । पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको वुझाइमा एकरुपता कायम भयो भने वेरुजु शुन्य मात्र होइन सो पालिकाको स्रोत साधन र क्षमता अनुसार विकासमा कायापलट ल्याउन सकिन्छ ।त्यस्तै गरी पालिका प्रमुखले प्रचलित कानूनले प्रमुखलाइ तोकिदिएका काम गर्ने र प्रमुख प्रशासकीय अधिकृतले आफूलाइ तोकीएका कामहरु मात्रगर्न थालनी गर्ने हो भने पनि वेरुजु हुन सुरु भइसक्दछ ।
- मेरो अनुभवमा पालिका प्रमुख र प्रशासकीय अधिकृतको आ-आफ्नो अधिकार क्षेत्रमा रहेर काम गर्ने गरिएको थियो कहिलेकाही अलमल परेमा स्पष्ट सँग मैले वुझाइदिन्थे। प्रमुख प्रशासकीय अधिकृतले स्पष्टरुपमा मौजुदा कानूनी विषयहरुमा भन्नु/वुझाइदिन सक्नु पर्दछ।पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत वीच कार्यालयको कामको सन्दर्भमा अत्यन्त सौहार्दपूर्ण र समन्वयात्मक सम्बन्ध कायम भएको हुनुपर्दछ । मेरो वुझाइमा जनप्रतिनिधिहरुको समग्रको प्रतिनिधि प्रमुखले र कर्मचारीहरुको समग्रको प्रतिनिधि प्रमुख प्रशासकीय अधिकृतले व्यवस्थापकिय हाकिमको रुपमा होइन रुपमा भूमिका निर्वाह गर्नुपर्दछ ।जनप्रतिनिधि र कर्मचारी वीच कार्यसम्पादनमा साथ, सहयोग र एक अर्का वीच विश्वाश कायम भएको हुनुपर्दछ । यस खालको वातावरण कायम भएमा स्थानीय तहमा काम गर्न सहज हुन्छ ।
- आवश्यक कानून तर्जुमा र कार्यान्वयः स्थानीय तहलाइ संविधानले दिएको अधिकार प्रयोग गरी आवश्यक कानून निर्माण गर्ने काम जनप्रतिनिधिको हो भने त्यसको कार्यान्वयन गर्ने काम कर्मचारीको हो । कार्यसम्पादन गर्दा लिइने आधार भनेको कानून हो कुनै पनि काम कानून विना गर्न थालियो भने त्यसले आफैलाइ समस्यामा पार्दछ ।तसर्थ संघीय,प्रदेशका कानून भए सोही अनुरुप र नभएका संविधान सँग नवाझिने गरी स्थानीय तहहरु लागि आवश्यक परेका कानून यथासिघ्र तर्जुमा गरेर सोही अनुरुप कार्य सम्पादन गरेर वेरुजुमुक्त स्थानीय तह बनाउन सकिन्छ ।
- आन्तरिक नियन्त्रण प्रणालीः वेरुजु नहुने/शुन्य हुने वा वेरुजु सकेसम्म कम गर्ने भनेको मौजुदा कानूनको अक्षरश पालना गरी कार्यसम्पादन गर्नु हो ।कुनै पनि कार्यालयमा आन्तरिक रुपमा नियन्त्रण गरि सुरुवात गर्नु पर्ने हुन्छ जस्तैः कुनै भुक्तानीको फाइल भुक्तानीका लगि पेश भएमा कार्यालय प्रमुखले सार्वजनिक खरिद ऐन/नियमावली अनुरुप प्रक्रियागत रुपमा ठीक भए/नभएको एकीन गर्ने र भुक्तानीको लागि सम्बन्धित शाखा सँगसगै आर्थिक प्रशासन शाखामा राय लेखी पठाउने र ति शाखाहरु वाट सवै प्रक्रिया ठिक भएको भनी प्राप्त भए पश्चात भुक्तानी गर्ने गर्दा प्रक्रियागत रुपमा बलियो भइन्छ। त्यस्तै गरी हरेक पालिकामा आन्तरिक लेखा परिक्षकको दरबन्दी छ र कर्मचारीको व्यवस्था हुन्छ नभए जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय लाइ अनुरोध गरेमा व्यवस्था हुन सक्दछ ।
- हरेक मासिक/त्रैमासिक रुपमा आन्तरिक लेखा परिक्षकले आन्तरिक लेखा परिक्षण गर्ने गर्दछन् त्यसमा कार्यालय प्रमुखले राम्ररी आन्तरिक लेखा परिक्षण गर्न लगाउने र कैफियत पत्ता लागेमा तुरुन्त सम्बन्धितलाइ छुटेका कुराहरु समयभित्र पेश गर्न लगाइ कार्यालयको कार्यसम्पादनमा निखारता ल्याउनु पर्दछ ।कार्यालयले गरेका कामहरुको आन्तरिक लेखापरिक्षण नियमित हुनुपर्दछ जसले सम्पादन गरेका कामको वैधता परिक्षण गर्दछ भने अर्को तर्फ सम्पादित काममा कुनै गल्ती/कमजोरी समयमै सच्चाउन मद्दत गर्दछ ।
- दरबन्दी अनुसारको कर्मचारीको उपलब्धता र वारम्वार कार्यालय प्रमुख फेरिने अवस्थाको अन्त्यः स्थानीय तहमा दरबन्दी अनुसारको कर्मचारीको पूर्णता नभइ अपुग अपुग नै छन् यसो हुँदा कार्यसम्पादनमा निकै समस्या परेको छ भने वेरुजु आउनुमा दरबन्दी अनुसारको कर्मचारीको अपुग पनि कारण हुन सक्दछ ।यसको लगि यथासिघ्र दरवन्दी अनुसार प्रदेश लोकसेवा आयोगले पूर्ति गरिदिने त्यतिन्जेल संघीय सरकारले काजमा रिक्त कर्मचारी पठाउने व्यवस्था गर्न सके उत्तम हुन्छ ।अर्को तर्फ हालसम्म स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले कामकाजको रुपमा खटाउने व्यवस्था छ ।छिटो छिटो सरुवा भइरहने विद्यमान परिपाटीले गर्दा समग्र पालिकाको कार्यसम्पादनमा असर त गरेको छ नै स्थानीय तहमा वेरुजुको चाङ लाग्नुमा छिटो छिटोप्रमुख प्रशासकीय अधिकृतको सरुवाहुनु पनि हो त्यसका लागि कार्यसम्पादन मानक राखि राम्रो काम गरिरको भए कम्तिमा २ वर्ष प्रमुख प्रशासकीय अधिकृतको सरुवा नगर्दा पालिकाको कार्यसम्पादनका लागि राम्रो र वेरुजु न्युनीकरणमा सघाउ पुग्न सक्ला भन्ने लाग्दछ।
- कार्यरत कर्मचारीहरुमा पोत्साहन प्रणालीको विकासः आफूले गरेका कामहरुमा पोत्साहन भएमा थप कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्दछ । मासिक रुपमा नियमित रुपमा कर्मचारी वैठकको आयोजना गर्ने कार्यालय प्रमुखले विषयगत शाखाहरुको कार्यसम्पादनको अवस्था वुझ्ने,कार्यसम्पादनका क्रममा आइपरेका समस्या/कठिनाइहरु तथा पिर मर्काहरुलाइ यथोचित रुपमा समाधान/सम्बोधन गरे कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्दछ भन्ने मेरो अनुभव हो । त्यस्तै गरी कार्यालयले विषयगत शाखा र वडालाइ कार्यसम्पादन लक्ष्य तोकिदिने र तोकिएको लक्ष्य हासिल गर्ने उत्कृष्ट शाखा, उत्कृष्ट वडालाइ पोत्साहन स्परुप सम्मान/कदरपत्र मात्रै व्यवस्था गरे पनि कार्यसम्पादनमा सकारात्मक सुधार आउदछ ।
- कार्यान्वयनयोग्य बार्षिक नीति तथा कार्यक्रम तथा बजेट तर्जुमाः वार्षिक वजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा सम्भव भएसम्म पूर्व वजेट वारेमा सरोकारवालाहरु सँग छलफल गर्ने, धारणा लिने र सम्भव भएमा छलफल भए अनुसार उनीहरुको कुरा पनि समावेश गर्ने गर्दा त्यस्ता योजना कार्यक्रमले अपनत्व ग्रहण गर्दछन । अर्को तर्फ वार्षिक वजेटमा समावेश भएका कार्यक्रम प्रचलित कानून, विधि अनुरुप खर्च गर्न सकिने वा नसकिने एकिन गरी जनप्रतिनिधिहरुलाय सुझाव दिन सकिन्छ किनभने वजेट तर्जुममा गर्नेकाम जनप्रतिनिधिको भएतपानि सोको कार्यान्वयन गर्ने कर्मचारीको हो । नियमविपरित खर्च गर्दा वेरुजु हुन्छ तसर्थ बजेट तर्जुमागर्दा नै ध्यान दिनसकिन्छ ।
- एकीकृत वार्षिक वजेट कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्नेः समय सीमा भित्र काम नगर्ने जव समय सकिन्छ हतार हतार गरेर काम सकाउन खोज्दा न राम्रो काम हुन्छ न सोको प्रक्रिया मिलेको हुन्छ । यस्तो समस्यावाट मुक्त हुन केही हदसम्म विषयगत शाखा र वडा कार्यालयको सहयोगमा पालिकाले सम्पादन गर्ने सवै कामहरुको बास्तविक रुपमा कार्यान्वयन हुनसक्ने एकीकृत वार्षिक वजेट कार्यान्वयन कार्ययोजना कार्यपालिकाबाट स्वीकृत गराइ सो अनुसार काम गरेमा कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्न सकिन्छ ।साथै उपभोक्ता समितिहरुवाट काम गराउने हो भने पनि उपभोक्ता समितिका पदाधिकारीहरुलाइ पनि अभिमुखिकरणको माध्यमवाट समग्र भुक्तानी प्रक्रियाको बारेमा जानकारी गराउनु आवश्यक हुने गर्दछ ।उपभोक्ता समुहले राम्रोसँग कागजपत्र व्यवस्थित गर्न नसक्दा पनि वेरुजु वढेको अनुभव रहेको छ।उपभोक्ता समुह भन्दा दर्तावाल टोलविकास संस्था मार्फत काम गराउँदा सोको मर्मत सम्भार र सो योजना/कार्यक्रमको अपनत्व वढ्न सक्दछ ।
- विधायन,लेखा र शुसासन समितिहरुको सक्रियताःस्थानीय सरकार संचालन ऐन २०७४ मा पालिकामा विधायन,लेखा र शुसासन समितिहरुको गठन गर्नुपर्ने उल्लेख गरिएको छ। सोही बमोजिम यि समितिहरु गठन गरी पालिकाको कामकाजमा सहजता गर्न/गराउन सकिन्छ । जस्तैः उदाहरणका लागि महालेखा परिक्षक बाट प्रारम्भिक प्रतिवेदनमा सभावाट नियमित गर्नुपर्ने भनि वेरुजु उल्लेख भएका गठित लेखा समिति मार्फत सम्बन्धित सभामा छलफल गरी सो वेरुजु नियमित गर्न सकिन्छ । विधायन समिति सक्रियताकासाथ काम गरेमा कामकाजका समयमा देखिने कानूनको रिक्तता लाइ पूर्णता दिइ कानून तर्जुमा हुन सक्दछ ।
- महालेखापरिक्षकले दिएका सुझावहरु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समय समयमा दिएका सुझावहरु कार्यान्वयनः महालेखा परिक्षकले संवैधानिक व्यवस्था बमोजिम बार्षिक रुपमा आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्दछ ।वार्षिक प्रतिवेदनमा वेरुजुको वर्तमान अवस्था र तीन तहका सरकारलाइ भविष्यमा सुधार गर्नुपर्ने सुझाव समेत दिने गर्दछ ।महालेखापरिक्षकको वेवसाइटमा प्रत्येक स्थानीय तहको छुट्टाछुट्टै प्रतिवेदन राखिदिएको हुन्छ मैले ती वार्षिक प्रतिवेदन मिहिन रुपमा अध्ययन गरी के गरेमा वेरुजु आउने रहेछ र के गरेमा वेरुजु कम गर्न सकिन्छ भनेर अध्ययन गरी कार्यान्वयको प्रयास गर्ने र सवै भन्दा वढी र कम वेरुजु भएका स्थानीय तहरुको प्रतिवेदन अध्ययन गरी वेरुजु नआउने गरी आफ्नो पालिकामा काम गरेको अनुभव छ । त्यस्तै गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समय समयमा दिएका ६१ वुँदे निर्देशन तथा सुझावहरुलाइ कार्यान्वयमा ल्याएको थिएँ जसले केही हद सम्म वेरुजु कम गर्नका लागि सहयोग पुगेको छ।
- कानूनको पूर्ण परिपालनाः महालेखा परिक्षकको प्रतिवेदन हेर्दा वेरुजु वढ्नु भनेको कानूनको पूर्ण परिपालना भएन भन्ने देखिन्छ । वास्तवमा स्थानीय तहमा काम गर्न असाध्यै अफ्ठ्यारो छ । जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरुको आकांक्षा एउटा हुन्छ कानून अर्कोतिर हुन्छ अनि तालमेल मिलाउन कर्मचारीलाइ सकस नै हुन्छ । स्थानीय तहमा जतिपनि पैसा हुन्छ हामिले भनेको नमान्ने मान्नुपर्दछ भन्ने वुझाइ आममा रहेको छ ।स्थानीय तहमा चन्दा आतंक ज्यादा छ विशेप गरी भूमिगत गिरोहले आफूले तोकेको चन्दा नदिए जे पनि गर्ने चेतावनी आउँछ । म आफै लगायत पालिका अध्यक्ष, अन्य कर्मचारीहरुलाइ पनि चन्दा नदिएको झोकमा सार्वजनिक रुपमा दुव्यवहार गरे हामी अन्यायमा पर्यौ ती दुव्यवहारगर्नेलाइ कारवाही गर भनी गृह मन्त्रालय,नेपाल प्रहरी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाइ गुहार माग्यौ तर अपराधि खुल्ला रुपमा डुलिरहेका छन तर हालसम्म ति निकायले भेट्टाउन सकेका छैनन।यहाँ मैले जोड्न खोजेको कानून परिपालना गर्दा अनेक व्यवधान खडा हुन्छ र समस्या पर्दा कर्मचारीको टेक्ने र समाउने दुवै ठाउँ हुँदैन ।
- अन्त्यमा प्रचलित कानूनलाइ पूर्ण रुपमा परिपालना गरि नियम सङ्गत काम गर्न सवैको साथ सहयोग रहे वेरुजु समान्य विषय हो । विशेषतः जनप्रतिनिधिले वेरुजु वारे विशेष चासो र सहयोग गर्न आवश्यक छ।कार्यालय प्रमुखले विशेष चासो र अन्य कर्मचारीले सहयोग गरेमा सवै पालिकामा वेरुजु कम गर्न सकिन्छ । साथै महालेखा परिक्षकले दिएको प्राम्भिक प्रतिवेदन उपर प्रचलित कानूनले तोकिदिएको समय भित्र संम्परिक्षण अनिवार्य रुपमा गराउनु पर्दछ ।
(थापा मल्लरानी गाउँपालिका प्यूठानका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हुन् । मल्लरानी गाउँपालिका प्यूठानको प्रमुख प्रशासकीय अधिकृत रहदाँ लगातार दुइ आर्थिक वर्ष (२०७७/७८ र २०७८/२०७९) मा वेरुजु शुन्य कायम भएको हो । हाल शाखा अधिकृतमा कार्यरत छन् ।)