प्यूठान : झिमरुक गाउँपालिकाको कार्यालयको कार्यकक्षमै पुगेर कर्मचारी कुटेकोप्रति चौतर्फी निन्दा भएको छ । बुधवार गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसी, सात्ले रुखहुँदै पँधेरापात्ला मोटरवाटो समितिका अध्यक्ष राम बहादुर खड्का र सोही योजनाका सचिव गोपाल खड्काले योजना शाखामा कार्यरत सहायक कर्मचारी दिपक जिसी र प्रमुख प्रशासकीय अधिकृत शुवास रिजाललाई हातपात र दुव्र्यवहार गरेका थिए ।

विहिवार निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष हरि प्रसाद पौडेल, नेपाल निजामती कर्मचारी यूनियन प्यूठानका अध्यक्ष खिम बहादुर अधिकारी र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का जिल्ला उपाध्यक्ष विकास गुरु®ले संयूक्त विज्ञप्ती जारी घटनाको निन्दा गरेका छन् । घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाही गर्न कर्मचारीहरुले प्रशासनसँग माग गरेका छन् ।

राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेस झिमरुक गाउँपालिकाले पनि छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेका छन् । राजमोले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आफ्नै कार्यकक्ष अगाडी छोराले वितण्डा मच्चाउँदा समेत केही प्रतिक्रिया नदेखाएको विज्ञप्ती मार्फत आरोप लगाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रिजालले पनि गाउँपालिका अध्यक्ष महतरा क्षेत्री र उपाध्यक्ष प्रमोद पोखरेल घटना हुँदा आफ्नै कार्यकक्षमा रहेको प्रतिक्रिया दिएका छन् ।