झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका मच्छि प्यूठानका अध्यक्ष पित बहादुर महतरा क्षेत्री र निवर्तमान अध्यक्ष तिलक बहादुर जिसी बीच भएको भेटघाटले कर्मचारीहरुलाई सहज रुपमा काम गर्ने खालको वातावरण जनप्रतिनिधीले बनाइदिनुपर्ने निष्कर्ष निकालेको छ । जनप्रतिनिधीले नीतिगत निर्णय÷कार्यक्रम ल्याउने र त्यसको कार्यसम्पादन प्रक्रियामा अनावश्यक टिप्पणी गरी समग्र विकासलाई नै असर हुने खालको गतिविधि गर्न नहुने छलफल भएको छ ।
गाउँपालिकाको बारेमा उपाध्यक्ष प्रमोद पोखरेलले दिएको सार्वजनिक अभिव्यक्ति र समग्र विकास निर्माणको वारेमा दुई अध्यक्षबीच कुराकानी भएको थियो । ‘कर्मचारीलाई काम गर्ने बातावरण बनाइदिने र हामीले बाहिरबाट नियमन र हाउसमा बसेर छलफल गरि आवश्यक नीति नियम बनाइदिने हो’,निवर्तमान अध्यक्ष जिसीले भने,‘कर्मचारीलाई कार्यान्वयन गर्न सघाउने जनप्रतिनिधीको दायित्व हो ।’
झिमरुकका गौरवका आयोजनाहरु सम्पन्न गर्ने र यहाँको समग्र बिकासको बिषयमा छलफल भएको थियो । मदन भण्डारी राजमार्गको दायाँ बायाँ क्षेत्राधिकारमा पर्ने भौतिक संरचना र अन्य सहायक सडकको स्तरोन्नती सहित शिक्षा, स्वास्थ्य, कृषि लगायतको बिषयमा साझा धारणा बनाएर जानुपर्ने भेटमा क्रममा कुराकानी भएको छ ।
झिमरुकमा बहुउद्देश्यीय रुममा पाएक पर्ने स्थानमा सभाहल आवश्यक खड्किएकाले जग्गा प्राप्ती र अन्य प्रक्रिया अगाडि बढाउन निवर्तमान अध्यक्ष जिसीले वर्तमान अध्यक्ष एमसीलाई सुझाए । उनले छलफलकै क्रममा बृहत खालको पुस्तकालय बनाउने गरि छिट्टै पहल थाल्न समेत सुझाव दिए । गाउँपालिकाको समग्र विकास र समृद्धिको लागि एक अर्काबिच अनुभव आदानप्रदानले सकारात्मक सन्देश दिने अध्यक्ष महतरा क्षेत्रीले बताए ।