प्यूठान : प्यूठानको मल्लरानी गाउँपालिकाले वडा नम्वर ३ का वडा सदस्य दामोदर नेपालीको निधनमा एक दिन शोक विदा दिने निर्णय गरेको छ । जन्ती जाँदै गर्दा जन्तीकै स्कारपियोले किचेर निधन भएका नेपालीको शोकमा गाउँपालिकाले पुस १ गते राष्ट्रिय झण्डा आधा झुकाएर शोक विदा दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले शोक वक्तव्य जारी गर्दै नेपालीको निधनले सिंगो गाउँपालिकालाई क्षति पुगेको उल्लेख गरेका छन् । मंसीर २८ गते ऐरावती गाउँपालिका २ स्थित बरौला पुरनठाँटीमा नेपालीको दुर्घटना परी उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा निधन भएको थियो । नेपाली राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा सदस्य हुन् ।