प्यूठान : प्यूठानको माण्डवी गाउँपालिकाले सर्वोच्च अदालतको आदेश विपरित जनयुद्ध दिवसमा विदा दिएको छ । नौ स्थानीय तहमध्ये सर्वोच्चको आदेश अटेरी गर्नेमा जिल्लामा उक्त गाउँपालिका मात्र हो । नेकपा (माओवादी केन्द्र) प्यूठानका संयोजक नमराज अधिकारी (रोशन) उक्त गाउँपालिकाको अध्यक्ष छन् ।
मेयर÷अध्यक्ष पदमा माओवादी नेतृत्व रहेको प्यूठान नगरपालिका र झिमरुक गाउँपालिकाले भने जनयुद्ध दिवसमा विदा दिएनन् । यी तीनवटै पालिकामा प्रमुख माओवादी र उपप्रमुख नेपाली कांग्रेसको नेतृत्व छ । गाउँ कार्यपालिकाको २८ गतेको निर्णय भन्दै माण्डवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले सार्वजनिक विदाको सूचना सार्वजनिक गरेका छन् ।