Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
आर्थिक
  • Home
  • News
  • सरकारी अनुदानले नमुना बनेका बोहरा
सरकारी अनुदानले नमुना बनेका बोहरा
दुई घार माहुरीबाट थालेको व्यवसाय फस्टायो
64x64
बिहिवार, श्रावण ५, २०७९ केशरराज क्षेत्री
64x64
बिहिवार, श्रावण ५, २०७९ गंगा खड्का

बुटवल : सरकारले दिएको अनुदान दुरुपयोग भएका थुप्रै उदाहरण छन् । पछिल्लो समय कतिपय व्यवसायीहरुले सरकारी अनुदान लिनकै लागि पनि व्यवसाय शुरु गरेको पाइन्छ । तर, बुटवल उपमहानगरपालिका १९ मिलनटोलका सन्त बहादुर बोहरालाई उपमहानगरपालिकाले दिएको दुई घार माहुँरी ‘बरदान’ सावित भयो ।

चार वर्ष अघि उनले माहुरीपालन व्यवसाय गर्न चाहनेका लागि घार पाइने खबर पाएपछि वडा कार्यालयमा अनुदानका लागि निवेदन दिएका थिए । वैदेशिक रोजागरीका लागि यूएइमा गएका उनी त्यहाँ पाँच वर्ष काम गरेर घर फर्किएका हुन् । विदेशबाट फर्किएपछि एक वर्ष घरमै खाली समय गुजारे ।

वडाले छनौट गरेर उपमहानगरपालिकाले दुई घार माहुरी अनुदानमा दिएपछि बोहराको घरमै व्यवसायिक यात्रा थालनी भएको हो । ३८ वर्षिय उनले घरमै बोधी कृषि फर्म संचालनमा ल्याए । अनुदानमा पाएको दुई घार सहित आफूले खरिद गरेको १ घार गरी तीन घार माहुरीबाट व्यवसाय थालेका उनको घरमा अहिले १ सय २० भन्दा बढी माहुरीका घार छन् । ५५ वटा खाली घार रहेको उनले बताए । एपिस मेलिफेरा र एपेक्स सेरेना जातको माहुरी उनले पालेका छन् ।

‘शुरुमा ५० जनाले अनुदानमा माहुरीका घार पाएका थियौँ’,उनले विगत सुनाउँदै भने,‘सवै साथीहरु पलायन हुनुभएछ, अहिले व्यवसाय निरन्तर गर्ने मै मात्र रहेछु ।’ उनले व्यवसायलाई अझ विस्तार गर्दै लैजाने योजना बनाएका छन् । उनको घर अहिले चारैतिर बसेका माहुरीका घारले घेरिएको छ ।

करिव २५ हजार लगानीबाट शुरु गरिएको व्यवसाय अहिले झण्डै १० लाख रुपैयाँ बढीको पूँजी भएको छ । माहुरीका प्रति घारलाई आठ हजारमा उनले विक्री गर्छन् । सिजनमा कम्तीमा तीन पटक मह काढ्ने गरिएको बोहराले सुनाए । ‘वार्षिक करिव १० लाख रुपैयाँ मह बेचेर कारोवार हुन्छ’,उनले भने,‘खर्च कटाएर करिव चार÷पाँच लाख रुपैयाँ कमाउँछु ।’

पछिल्लो समय कतिपय व्यवसायीहरुले सरकारी अनुदान लिनकै लागि पनि व्यवसाय शुरु गरेको पाइन्छ । तर, बुटवल उपमहानगरपालिका १९ मिलनटोलका सन्त बहादुर बोहरालाई उपमहानगरपालिकाले दिएको दुई घार माहुँरी ‘बरदान’ सावित भयो ।

उत्पादन भएको धेरैजसो मह गाउँघरमै विक्री हुने गरेको उनले बताए । तर, सोँचे अनुसार उनले बजार पाएका छैनन् । व्यवसाय बढ्दै गएपछि उपमहानगरपालिकाले विभिन्न समयमा मेशिन सहित नगद अनुदान दिन थालेको समेत उनले जानकारी गराए । ‘केही मानिसहरुले अनुदान लिएर दुरुपयोग गरेको पनि समाचारमा सुन्ने गर्छु’,बोहरा सुनाउँछन्,‘राज्यले हामीले केही गर्नका लागि हौसला दिएको हो त्यसलाई दुरुपयोग गर्नुहुँदैन् ।’ ३८ वर्षिय बोहरा विहानदेखि साँझसम्म घरैभरी भएका माहुरीको हेरचाहमा व्यस्त हुने गरेका छन् । उनको कर्मलाई श्रीमती शारदा बोहरा क्षेत्रीले साथ दिएकी छन् ।

नगरक्षेत्रकै नमुना किसानको रुपमा बोहराले पहिचान बनाएको बुटवल उपमहारनगरपालिकाका कृषि अधिकृत सन्तोष जिसीले जानकारी गराए । ‘५० घार बढीमा माहुरीपालन गर्ने १० वटा फर्महरु छन्’,जिसीले भने,‘ती मध्ये दुई घार अनुदान लिएर सयौँ घारमा माहुरीपालन गर्ने किसान उहाँ नै हो ।’ उनका अनुसार बोहराको फर्म नगरक्षेत्रकै ठूलो हो । नगरपालिकाले किसानले उत्पादन गरेको मह विक्रीका लागि विभिन्न प्रवद्र्धनका कार्यक्रमहरु संचालन गर्दै आएको जिसीले सुनाए । बुटवलको भित्री भागमा प्रशस्त जंगल, मकै, तरकारी र सूर्यमूखी फूल लगाउने किसानहरु बढ्दै जानुले चरन क्षेत्र भएका कारण माहुरीपालनको राम्रो संभावना रहेको जिसीले जानकारी गराए ।

 

 


प्रकाशित मिति: बिहिवार, श्रावण ५, २०७९, ०८:०२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
64x64
आइतवार, माघ १५, २०७९ गंगा खड्का
पुरा पढ्नुहोस्
आर्थिक
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
64x64
बिहिवार, माघ १२, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP