Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • परीक्षाको कापी फिर्ता नगरेपछि खनाल विरुद्ध प्रशासनमा उजुरी
परीक्षाको कापी फिर्ता नगरेपछि खनाल विरुद्ध प्रशासनमा उजुरी
64x64
शनिवार, पुष ९, २०७९ आजको पोष्ट

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा प्रध्यापन गरेका एक शिक्षकले चेकजाँच गर्न लगेको परीक्षाको उत्तरपुस्तिका फिर्ता नगरेपछि प्रशासनमा उजुरी परेको छ । दाङ घर भई केही समय सिटी क्याम्पस बुटवलमा कानून विषय पढाएका दीपक खनालले विद्यार्थीको आन्तरिक परीक्षाको उत्तरपुस्तिका चेकजाँचका लागि लिएका थिए । कापी लिएको लामो समयसम्म पनि उनले फिर्ता नगरेको क्याम्पस प्रशासनले जनाएको छ ।

गत असोजको पहिलो साता उत्तरपुस्तिका लिएका उनले पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि फिर्ता नगरेपछि प्रशासनमा उजुरी गर्नुपरेको क्याम्पस प्रशासनले जनाएको छ । शिक्षक दीपक खनाललाई क्याम्पसले असोजको ९ गते काज फिर्ता गरेको थियो । दाङको मेट्रो कलेजबाट केही समयका लागि केही विषय पढाउन काजमा आएका उनलाई क्याम्पसमा नयाँ शिक्षक भर्ना भएपछि फिर्ता गरेको थियो । काज फिर्ता भएपछि आफै उत्तरपुस्तिका बुझाउनुपर्नेमा ताकेता गर्दा पनि नबुझाएपछि प्रशासनमा उजरी गरिएको क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेले जानकारी दिए ।

‘उरपुस्तिका जस्तो संवेदनशील विषय लामो समय शिक्षकले लिएर राख्नु उपयुक्त हुदैन, हामीले लिखित र मौखिक रुपमा पनि उहाँसंग कापी मागेका थियौं, क्याम्पस प्रमुख न्यौपानेले भने,‘हाम्रो अनुरोधलाई वेवास्ता गरेपछि बाध्य भएर प्रशासनमा उजुरी दिएका छौं ।’ काज फिर्ता भएपछि उत्तरपुस्तिका परीक्षण भए वा नभएको जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा फर्काउनुपर्ने कर्तव्य शिक्षकको हुने उनले बताए । तर खनालले आफै फिर्ता दिनुको साटो ताकेता गर्दा पनि फिर्ता नगरेको उनले बताए ।

शिक्षकले उत्तरपुस्तिका नबुझाउदा कैयौं विद्यार्थीको नतिजा प्रकाशन रोकिएको क्याम्पसले जनाएको छ । क्याम्पसकी प्रकाशकीय अधिकृत कमला संजेलले उत्तरपुस्तिका परीक्षणका लागि दिएको तर पटक पटक आग्रह गर्दा पनि कापी फिर्ता गर्न नमानेको बताइन् । शिक्षक खनालले उत्तरपुस्तिका विद्यार्थीहरुको केही समूहलाई देखाउने गरेको समेत बताइएको छ । ‘उहाँले केही विद्यार्थीको समूहलाई संगै लिएर हिड्नुभएको छ, क्याम्पसमा विरुद्धमा क्याम्पेनिङ गर्नुभएको छ भन्ने सुनेका छौं, क्याम्पस प्रशासनले भन्यो,‘यो शिक्षकको नैतिकता विपरीतको कुरा हो । अधिवक्ता जस्तो व्यक्तिले यस्तो गरेको सुहाउदैन । विद्यार्थीको भविष्य नै डामाडोल गर्ने जिम्मेवारबिहिन शिक्षक कोही बन्नु हुदैन ।’ क्याम्पससंगको रिसलाई विद्यार्थीसमक्ष पोख्नुले शिक्षक खनाल विद्यार्थीको भविष्यप्रति गैरजिम्मेवार रहेको पुष्टि भएको बताइएको छ ।

शिक्षक खनालले पनि उत्तरपुस्तिका फिर्ताका लागि इमेलमा पत्र आएको स्वीकार गरे । ‘इमेलमा उत्तरपुस्तिका फिर्ताको पत्र आएको थियो, मैले अझै चेकजाँच सकेको छैन, पेशी सकेपछि फिर्ता गर्नेछु, इमले रिप्लाई गरेको छु, उनले भने । उनले आफूले क्याम्पस विरुद्ध अदालतमा उजुरी दिएको भन्दै त्यसको मुद्धा चलिरहेको समेत बताए ।

क्याम्पस प्रशासनका अनुसार शिक्षक खनालले विश्वविद्यालयले केही समय अघि गरेको शिक्षक पदपूर्तिको परीक्षामा सहायक प्रध्यापकमा आवेदन दिएका थिए । उनी एलएलएम उत्तिर्ण भएको सक्कल ट्रान्सकिप (प्रमाणपत्र) देखाउन नसकेपछि अन्तर्वार्ता परीक्षा छाडेर बाहिरिएका थिए । ‘नेपाल ल क्याम्पसको निजले स्नातकोत्तर तह उत्तिर्ण गुर्नभएको छ, भन्ने पत्रका ल्याउनुभएको थियो, तर अन्तर्वार्तामा सक्कल प्रमाणपत्र नै चाहिन्छ भनेपछि उहाँ विज्ञहरुमाथि अभद्र व्यवहार देखाउदै परीक्षा हलबाट बाहिरिनुभयो, प्रत्यक्षदर्शी एक कर्मचारीले भने ।

सिटी क्याम्पसबाट काजफिर्ता भएपछि शिक्षक खनाल तुलसीपुर मेट्रो कलेजमा नपुगेको बताइएको छ । असोजमा काजफिर्ता भए पनि उनी पुस महिना लाग्दासम्म पनि कलेजमा पुगेका छैनन् । उत्तरपुस्तिका लिएर हिडेका उनी तुलसीपुर मेट्रो कलेज पुगेको पनि नदेखिएपछि सिटी क्याम्पसले उत्तरपुस्तिका फिर्ताका लागि प्रशासनमा उजुरी दिएको हो । ‘सिडियो सरले आवश्यक कारबाही थाल्छौं भन्नुभएको छ, जहाँसम्म उत्तरपुस्तिका फिर्ता हुन्छ, क्याम्पस प्रमुख न्यौपानेले भने ।

 


प्रकाशित मिति: शनिवार, पुष ९, २०७९, ०६:१८:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
बालरोग विशेषज्ञको सेवापछि विरामीको चाप
कोरोनाको नयाँ भेरियन्टको जोखिम
उजिर सिंहमा रक्तदान
स्वास्थ्य /शिक्षा
लुम्विनी बौद्ध विश्वविद्यालयले भन्यो,‘भ्रम छर्न खोजियो, निन्दा गर्छौ’
64x64
बुधवार, मंसिर २८, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
प्यूठानको स्वास्थ्यमा झिमरुक उत्कृष्ट, के गर्‍यो नविनतम काम ?
64x64
शनिवार, आश्विन १, २०७९ केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP