Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, जेठ १५, २०७९
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
स्थानीय सरकार
  • Home
  • News
  • आहा ! सानदार झिमरुकको सिँहदरवार
आहा ! सानदार झिमरुकको सिँहदरवार
64x64
बिहिवार, माघ १३, २०७८ केशरराज क्षेत्री
64x64
बिहिवार, माघ १३, २०७८ बासुदेव गिरी
नयाँ प्रशासनिक भवन ।

झिमरुक (प्यूठान) : स्थानीय सरकार गठनसँगै सवैले भन्दै आए,‘अब सिँहदरवार गाउँ गाउँमा पुग्यो’ । जनतामा बेग्लै उत्साह छ । तीन तहका सरकारमध्ये सवैभन्दा प्रभावकारी र जनतासँग नजिकको सरकार बनेको छ, स्थानीय सरकार । जनजीविकाको सवालमा सवैभन्दा छिटो यही सरकारले सेवा पु¥याइरहेको छ । स्थापनाको शुरुवाती वर्षमा स्थानीय सरकारले सवैभन्दा कष्ट व्यहोर्नुप¥यो । बस्ने थलो नहुँदा चाहेरपनि सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन कठिन भयो ।

स्वास्थ्य मापदण्ड अपनाएर बसेका सहभागीहरु ।

जनप्रतिनिधी चुनिएसँगै स्थानीय सरकार संचालन भएको पाँच वर्ष सकिनै लागेको छ । पहिलो कार्यकाल सकिनै लाग्दाको क्षणमा धेरैजसो स्थानीय सरकारले आफूहरु बस्ने भवन बनाउन सफल भएका छन् । त्यसमध्ये एक हो, प्यूठानको झिमरुक गाउँपालिका । जिल्लाका नौ स्थानीय तहमध्ये दोस्रो नम्वरमा भवन बनाएर सेवा प्रवाह गर्ने गाउँपालिकाको रुपमा यो बनेको छ ।

झिमरुक गाउँपालिका वडा नम्वर ४ स्थित भ्यागुतेमा दुई तले शानदार भवन बनाएर गाउँपालिकाले सेवा प्रवाह गर्न थालेको छ । कोरोना त्रास भइरहेपनि स्वास्थ्यका मापदण्ड अपनाएर भवनको विहिवार भव्य उद्घाटन गरियो । जिल्लाका सरोकारवाला निकायहरु उद्घाटनमा जुटे । मच्छि–बांगेफेदी–सौतामारे सडक अन्तर्गत चँुधाराफेदीमूनी समतल फाँटमा झिमरुक गाउँपालिकाको सुविधायूक्त भवन बनाइएको छ । यहाँ पुग्दा साँच्चिकै सिँहदरवार गाउँमै आएजस्तो झल्को यसले दिने गरेको छ । भवनको चारैतिर बत्ती जडान गरेकाले रातको समयमा यस क्षेत्र झिलिमिली हुन्छ ।

शुभकामना दिँदै प्रतिनिधी सभा सदस्य दुर्गा पौडेल ।

भवन चार तलाको बनाउने डिपिआर तयार गरिएको छ । तर, हाललाई दुई तलामात्र निर्माण पुरा छ । तार तला पुराभएपछि लिफ्टको समेत व्यवस्था हुने छ । लिफ्ट संचालनका लागि संरचना अहिले नै तयारी अवस्थामा राखिएको छ । भवनमा २२ वटा कोठा, बैठक कक्ष, अपांगमैत्री शौचालय, आपतकालिन ढोका, भण्डार कक्ष लगाएत निर्माण छन् । केही वर्ष भाडाका भवन र गाउँपालिका केन्द्र तोकिएपछि सभाहललाई विभाजन गरेर कार्यालय संचालन गरिएको थियो ।

भवनको उद्घाटन प्यूठानकी प्रतिनिधीसभा सदस्य दुर्गा पौडेलले गरिन् । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी उनले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने उद्घाटन कार्यक्रममा सुनाइन । उनले निर्वाचन नहुँदासम्म हालकै जनप्रतिनिधीहरुले काम चलाउने समेत बताइन् । प्रमुख प्रशासनिक भवन सहित धेरैजसो वडा कार्यालयका भवनहरुको निर्माण समेत अन्तिम चरणमा भइरहेको गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले जानकारी गराए । उनले आफ्नै कार्यकालमा गाउँपालिकालाई व्यवस्थित रुपमा कामकाज संचालन गर्नेगरी कार्यालय निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर पुरा गरिएको बताए । आठ वटा वडामध्ये हालसम्म वडा नम्वर १, ३, ४, ५ र ६ नम्वर वडाको नयाँ भवन बनिसकेका छन् । अन्य भवन निर्माणको प्रक्रियामा छन् । भवनसँगै गाउँपालिकाको सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन कार्यक्रममा सहभागी अतिथीहरुले सुझाव दिए । 

नयाँ भवनबाट सेवा दिन थालिएपछि कार्यसम्पादनमा धेरै सहज हुन थालेको प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालले जानकारी गराए । उनले सेवा प्रवाहमा व्यवस्थित कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए । मुल्य अभिवृद्धि कर (भ्याट) सहित ७ करोड ६६ लाख २३ हजार ६ सय ४६ रुपैयाँ लागतमा रविना÷आँशु÷मल्लरानी जेभीले भवन निर्माण पुरा गरेको गाउँपालिका लेखा अधिकृत पिताम्बर मरासिनीले जानकारी गराए । सम्झौता अवधिमै निर्माण व्यवसायीले काम सम्पन्न गरेका हुन् ।

भवन उद्घाटनमा बोल्दै झिमरुकसँग जोडिएको मदाने गाउँपालिका गुल्मीका उपाध्यक्ष सरीता खड्काले पहिलो कार्यकाल सिकाइमै वितेको सन्दर्भमा झिमरुकबाट धेरै सिकाइका विषयहरु रहेको उल्लेख गरिन् । अन्तर जिल्ला स्थानीय तहहरुमा भइरहेका सकरात्मक पक्षलाई सवैले अनुसरण गर्नुपर्ने उनको भनाई थियो ।

पूर्व प्रमुख प्रशासकीय अधिकृत सहितलाई सम्मान

भवन उद्घाटनको अवसरमा गाउँपालिकाले पूर्व प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाललाई सम्मान गरेको छ । केही महिना अघि मदाने गाउँपालिका पुर्कोटदह गुल्मीमा सरुवा भएर गएका भुसाल लामो समय झिमरुकमा रहेर काम गरेका थिए । गाउँपालिका शुरुवाती वर्षमा गुल्मीकै निमप्रसाद भण्डारी निमित्त कार्यकारी अधिकृत, ताराकिरण कुवँर र त्यसपछि भुसाल कार्यरत रहे । हाल प्यूठान लुङ बाहाने निवासी शुवास रिजाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । गाउँपालिकाले भुसाललाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेको छ ।

सम्मानित हुँदै पूर्व प्रमुख प्रशासकीय अधिृकत कमल प्रसाद भुसाल ।

त्यस्तै, भवन निर्माणको जिम्मा पाएको रविना÷आँशु÷मल्लरानी जेभीलाई सम्मान गरिएको छ । गाउँपालिकामा कार्यरत सब इन्जिनियर नगेन्द्र आचार्य र आदेश जिसीलाई समेत सम्मान गरिएको छ । गाउँपालिका भवन निर्माणका लागि निःशुल्क जग्गा दिने २४ जना जग्गाधनीहरुलाई पनि गाउँपालिकाले सम्मान गरेको छ ।

सम्मानित हुँदै सब इन्जिनियर नगेन्द्र आचार्य ।

तस्विर : बासु

कसले बनाए ? कसले बनाएनन्, के छ अवस्था ?

क्र.सं पालिकाको नाम अवस्था विनियोजित बजेट
१ झिमरुक गाउँपालिका सम्पन्न ७ करोड ६६ लाख २३ हजार ६ सय ४६
२ सरुमारानी गाउँपालिका सम्पन्न १ करोड ५६ लाख
३ माण्डवी गाउँपालिका निर्माणधिन ५ करोड २७ लाख
४ स्वर्गद्धारी नगरपालिका निर्माणधिन ६ करोड
५ ऐरावती गाउँपालिका निर्माणधिन १ करोड ९० लाख २६ हजार ५ सय ४०
६ नौबिहिनी गाउँपालिका निर्माणधिन ६ करोड १३ लाख
७ प्यूठान नगरपालिका जनप्रतिनिधी नआउँदै बनेको ४ करोड ५८ लाख
८ मल्लरानी गाउँपालिका प्रक्रियामा  
९ गौमुखी गाउँपालिका प्रक्रियामा १ करोड

 

 


प्रकाशित मिति: बिहिवार, माघ १३, २०७८, ०८:३९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
वितेको पाँच वर्ष : फेरियो मालिकाको मुहार
रेसुंगाको मेयर प्रतिस्पर्धी पाण्डे र पन्थी
स्थानीय सरकार
माण्डवीले फेरी खोज्यो श्रीधर ‘सेवासुविधा दिनदुखीको उपचारमा खर्च गर्छु, सरकारी गाडी चढ्दैन’
64x64
मंगलवार, बैशाख ६, २०७९ केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
स्थानीय सरकार
पैसा पालिकाको, हालीमुहाली हेफरको : कार्यविधि मिचेर पौने अर्ब स्थानीय तहमा बेथिती, बाख्रामा बिचौलिया
64x64
बिहिवार, चैत्र १०, २०७८ केशरराज क्षेत्री
64x64
बिहिवार, चैत्र १०, २०७८ गंगा खड्का
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल शुक्रवार, जेठ १३, २०७९ 154
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
पोष्ट
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी गंगा खड्का
झिमरुक ४ मा पोखरेल विजयी आजको पोष्ट
झिमरुकमा जिसीभन्दा एमसी अगाडी आजको पोष्ट
समाज
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत ! बुधवार, माघ १९, २०७८
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क बिहिवार, माघ १३, २०७८
राजनीति
बुवाको हारलाई छोराले बिर्साइदिए मंगलवार, जेठ १०, २०७९
मोहन विक्रमको वडामा एमाले विजयी मंगलवार, जेठ ३, २०७९
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी मंगलवार, जेठ ३, २०७९
आर्थिक
जाल्पाको हेडक्वाटर अब बुटवलमा
बुटवल जितगढी क्षेत्रमा बैंकको माग
संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2022 All rights reserved.
Web Design by : SoftNEP