Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • लुम्विनी बौद्ध विश्वविद्यालयले भन्यो,‘भ्रम छर्न खोजियो, निन्दा गर्छौ’
लुम्विनी बौद्ध विश्वविद्यालयले भन्यो,‘भ्रम छर्न खोजियो, निन्दा गर्छौ’
64x64
बुधवार, मंसिर २८, २०७९ आजको पोष्ट

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयका विषयमा केही सञ्चारमाध्यममा प्रकाशित भएका समाचारबाट भ्रम छरिएको भन्दै निन्दा गरेको छ । विश्वविद्यालयमा भएका नियुक्ती तथा शिक्षकहरुका विषयमा लगाइएका आरोपहरु तथ्यहीन भएको विश्वविद्यालयले जनाएको छ । रातोपाटी अनलाईन लगायतका केही सञ्चारमाध्यमले विश्वविद्यालयका भएका नियुक्ती नियमविपरीत र नातापाताका आधारमा भएको भन्ने समाचार प्रकाशित गरेका थिए ।

विश्वविद्यालयले त्यसको खण्डन गर्दै समाचारमा उल्लेख गरिएका विषयहरुमा कुनै पनि सत्यता नभएको जनाएको छ । बुधबार विज्ञप्ती जारी गर्दै विश्वविद्यालयले विश्वविद्यालय ऐनको दफा २३ को उपदफा २ बमोजिम रजिष्ट्रारको नियुक्ती प्रधानमन्त्री एवं कुलपतिबाट भएको जनाएको छ । ‘रजिष्ट्रारको नियुक्ती कसरी हुन्छ भन्ने समान्य जानकारी समेत नभई समाचार प्रकाशित गर्नुले नियत गलत रहेको पुष्टि गर्दछ, सूचना अधिकारी चुरामणि पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

‘सत्य, तथ्य सूचनाका आधारमा जनतालाई सूसुचित गर्ने अहम् भूमिका सञ्चारमाध्यमको रहन्छ । सञ्चारमाध्यमा प्रकाशन र प्रशारण हुने समाचारहरु सत्य तथ्यमा आधारित र निष्पक्ष हुन्छन् भन्ने कुरामा आम नागरिक विश्वास गर्छन् । तथापि, मिति २०७९ मंसिर २७ गते रातोपाटी अनलाईनमा प्रकाशित लुम्बिनी बौद्ध विश्वविद्यालय सम्बन्धीत समाचार हेर्दा आश्चर्यचकित बनाएको छ, विज्ञप्तीमा भनिएको छ । विश्वविद्यालयले समाचारको खण्डन गर्दै लगाइएका आरोपहरुको प्रमाण समेत दिएको छ । विश्वविद्यालयमा स्थायी, करार, कोर्ष करार, आगन्तुक शिक्षक तथा विज्ञ रहने व्यवस्था छ ।

हाल विश्वविद्यालयमा कार्यरत प्राज्ञिक जनशक्ति विश्वविद्यालयको सेवा सम्बन्धी नियमावली २०७४ को नियम २०,२१ र २३ बमोजिमको प्रक्रिया पु¥याई नियुक्त गरिएको विज्ञप्तीमा जनाइएको छ । समाचारमा भनिएजस्तो करारमा नियुक्त शिक्षकसंग कुनै पनि पदाधिकारी नाता सम्बन्ध नरहेको जनाइएको छ । त्यस्तै २०७२ सालमै एलएलएम गरेका शिक्षकलाई योग्यता नपुगी नियुक्त गरिएको भन्ने भ्रम फैलाउने काम भएको भएको विश्वविद्यालय प्रशासनले जनाएको छ । विश्वविद्यालयको पुस्तकालय भवन निर्माणका सन्दर्भमा रजिष्ट्रारले आर्थिक लाभ लिएको विषय निराधार र कपोलकल्पित रहेको विज्ञप्तीमा जनाइएको छ । ‘समाचारमा उल्लेख गरिएजस्तो पैसा जम्मा गर्नका लागि विश्वविद्यालयका रजिष्ट्रारको माछापुच्छ्रे बैंकमा खाता नै हालसम्म नखोलेको अवस्था छ ।

आवश्यक परेमा माछापुच्छ्रे बैंकबाट सूचना लिन सकिन्छ । तसर्थ यो काल्पनिक विषय हो, विज्ञप्तीमा भनिएको छ । विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा समय–समयमा विषय विज्ञ आमन्त्रण गरी विशेष कक्षा सञ्चालन हुने गरेको र सोही क्रममा विषय विज्ञहरुलाई होटलमा राख्ने गरिएको र त्यो नियमसंगत रहेको जनाइएको छ । विश्वविद्यालयमा रहेको सबै डिनहरुको नियुक्ती विश्वविद्यालय ऐन २०६३ को दफा २४ (२) बमोमिज कार्यकारी परिषद्को निर्णयबाट हुने गरेको र आवश्यक भए प्रमाण लिन विश्वविद्यालयमा आउन आग्रह गरिएको छ । विश्वविद्यालयको सेवा सम्बन्धी नियमावली २०७४ को नियम २३ ले विषय विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था गरेको, सो अधिकार कार्यकारी परिषद्मा रहेकाले सोही अधिकारभित्र रहेर विषय विज्ञ नियुक्त हुने गरेको विज्ञप्तीमा जनाइएको छ ।

शिक्षकहरुको चरित्रमाथि गम्भिर प्रकृतिको आरोप लगाइएको प्रति विश्वविद्यालयले खेद व्यक्त गरेको छ । ‘समाचारमा उल्लेख गरिएका आरोपहरु पदाधिकारीको चरित्रहत्या तथा विश्वविद्यालयको शाख गिराउने र बदनाम गर्ने नियतबाट समाचार प्रकाशित भएको प्रष्ट देखिन्छ, विज्ञप्तीमा जनाइएको छ । शिक्षकमा फेल भएका खनालले गरे भ्रमको खेती विश्वविद्यालयबाट पदपूर्तिका लागि प्रकाशित सूचना अनुसार सहप्राध्यापकका लागि आवेदन दिएका दाङका दीपक खनालले आफू फेल भएको रिसमा विश्वविद्यालयको बदनाम गर्न खोजेको विश्वविद्यालय स्रोतले जनाएको छ ।

‘दीपक खनालले सहायक प्राध्यापकमा आवेदन दिएका थिए, मौखिक परीक्षाका दिनसम्म पनि उनले आफ्नो एलएलएम पास गरेको सर्टिफिकेट देखाउन सकेनन, एक अधिकारीले भने,–‘योग्यता नै नभएपछि उनले अन्र्तवार्ताकारसंग अभद्र व्यवहार गर्दै परीक्षाहलबाट बाहिरिएका थिए । त्यही रिसमा उनले विश्वविद्यालयको विषयमा भ्रम छरिरहेका छन् ।’ खनालले आफ्नो कमजोरी ढाकछोप गर्न भ्रमण फैलाउने काम गरेको बताइएको छ । उनले अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकर्ता केन्द्रमा समेत अनावश्यक आरोप लगाउदै उजुरी दिएको बताइएको छ । शिक्षकमा फेल भएका खनालले विश्वविद्यालयको बुटवल सिटी क्याम्पसमा अध्ययनरत केही विद्यार्थीलाई समेत दुरुपयोग गरी विश्वविद्यालयको विषयमा भ्रम फैलाउने काम गरेको बताइएको छ । उनकै निर्देशनमा क्याम्पसमा होहल्ला समेत गरिएका थिए ।


प्रकाशित मिति: बुधवार, मंसिर २८, २०७९, ०६:२५:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
बालरोग विशेषज्ञको सेवापछि विरामीको चाप
परीक्षाको कापी फिर्ता नगरेपछि खनाल विरुद्ध प्रशासनमा उजुरी
कोरोनाको नयाँ भेरियन्टको जोखिम
स्वास्थ्य /शिक्षा
उजिर सिंहमा रक्तदान
64x64
मंगलवार, पुष ५, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
प्यूठानको स्वास्थ्यमा झिमरुक उत्कृष्ट, के गर्‍यो नविनतम काम ?
64x64
शनिवार, आश्विन १, २०७९ केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP